काठमाडौं-एक भारतीयले नेपाली नागरिकता लिएको आशंकामा जिल्ला प्रसाशन कार्यालय महोत्तरीले अनुसन्धान सुरु गरेको छ । एक साता भन्दा बढी समय देखि अनुसन्धान सुरु भएपनि आरोपी नागरिकता धारक व्यक्ति भने फरार रहेका छन् ।


ADVERTISEMENT


भारतीय नागरिक भएको आरोप लागेका जलेश्वर १० सारीका राकेश कुमार मण्डलले मिति २०७४।९।३ मा प्राप्त गरेको नागरिकता नं. १८–०१ –७४–०६९७५ रहेको छ ।


ADVERTISEMENT

# # #


नागरिकतामा बुबा रामसिंहासन मण्डल र आमा बच्ची देवी भएपनि उनीहरु नागरिकता धारकको आमा बुबा नभएको र आफुसंग गलत तथ्यांक प्रस्तुत गरी नागरिकता सिफारिस गराएको वडाअध्यक्ष विकाउ दासले जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराएपछि अनुसन्धान सुरु भएको हो । भारतीयले नागरिकता लिएको विषयमा थप एकजनाले निवेदन दिएपनि उनको नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

यता नागरिकता भारतीयले नै लिएको हो वा होईन भन्ने विषयमा अनुसन्धान जारी रहेको र आरोपी व्यक्तिको खोज तलास समेत भईरहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले नागरिकताको विषय अति संवेदनशील भएकोले पुर्ण अनुसन्धान पछि मात्र सत्य तथ्य बाहिर आउने बताए ।

यता जिल्ला प्रसासन कार्यालयले थप एकजनाले किर्ते नागरिकता लिन खोजेको आरोपमा २०७३।१।२ गते नै सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । पाँच जनालाई प्रतिवादी बनाई जिल्ला प्रसाशन कार्यालय महोत्तरीले मुद्दा दिएको थियो । सो मुद्दामा समेत आरोपी नागरिकता लिन खोज्ने मुख्य व्यक्ति फरार रहेको छ ।