काठमाडौं(रासस)-महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए ।


ADVERTISEMENT


शारीरिकरुपमा अपाङ्ग रहेकी भण्डारी शौचका जाँदा पोखरीमा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए।मृतक महिलाको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।


ADVERTISEMENT

# # #