काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजपीडितका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिन सरकार लागिपरेको भन्दै अहिले उनीहरुका नाममा खेल्ने काम भइरहेको टिप्पणी गरेका हुन् । अहिलेसम्म साढे पाँच हजार मिटरव्याजी पीडितलाई न्याय दिने काम भइरहेको भन्दै उनले अन्यलाई पनि हरहालतमा न्याय दिने जिकिर गरे ।


ADVERTISEMENT

# # #


मिटरव्याजसम्बन्धी आयोगको दुई पटक म्याद थपिएपछि बिघटन गरिएको, सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए । गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा पीडितको पक्षमा न्याय हुनेगरि मेलमिलापमा जोड दिने र त्यसो हुन नसके अनुसन्धान गरेर अभियोजनमा जान सक्ने बताए ।

उनले पिडितलाई हर हालतमा न्याय दिने दिशातर्फ सबै लाग्नुपर्ने समेत बताए ।