काठमाडौँ – परराष्ट्रसचिव सेवा लम्साल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच भेट वार्ता भएको छ । भारतको पुणेमा आयोजना हुने आठौँ एसिया इकोनोमिक डायलगमा सहभागी भारत पुगेकी सचिव लम्सालले मंगलबार मन्त्री जयशंकरसँग भेट वार्ता गरेकी हुन् ।


ADVERTISEMENT


भेटको क्रममा दुई देश बिचको कूटनीतिक सम्बन्धमा कुराकानी भएको बताइको छ । भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एसियन इकोनोमिक डाइलग वार्षिकरुमा आयोजना हुने बहुपक्षीय सम्मेलन हो । भारतीय विदेश मन्त्रालय र पुने इन्टरनेसनल सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


समसामयिक विषयमा छलफल हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी हुने छन् । कार्यक्रममा सहभागी भई परराष्ट्र सचिव लम्साल यही फागुन १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।