ललितपुर – अभिभावक संघ नेपालको अध्यक्षमा पुनः केशव पुरी चयन भएका छन् ।


ADVERTISEMENT


ललितपुरको महालक्ष्मी पार्टी भेन्युमा भएको संघको छैटौं साधारण सभाले पुरीको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।


ADVERTISEMENT

# # #


संघको वरिष्ठ उपाध्यक्षमा मणिरत्न बज्राचार्य र इश्वरकान्त मैनाली निर्वाचित भएका छन्।

उपाध्यक्षमा बद्री संजेल, देवी पन्थी, पुनम निरौला चयन हुदाँ महासचिवमा रामचन्द्र सुवेदी निर्वाचित भए।

सहमहासचिवमा रामकृष्ण प्रजापति, सचिवमामा हिरा पौडेल, सुमित्रा न्यौपाने र रमा गिरी निर्वाचित भएको संघले जनाएको छ।