काठमाडौँ– फेब्रुअरी ८ देखि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि युएईमा रहेको नेपाली टोलिले आफ्नो दोस्रो खेलमा ओपनिङमा शतकीय साझेदारी गरेको छ । लामो समयदेखि फ्लप भइरहेको ओपनिङ आज भने राम्रो देख्न पाइयो ।


ADVERTISEMENT


युएईस्थित आइसीसी ओभर क्रिकेट ग्राउन्डमा युएई ‘ए’ विरुद्ध ओपनिङ व्याट्समेन ज्ञानेन्द्र मल्ल र दीलिप नाथले शतकीय साझदारीसंगै उत्कृष्ट सुरुवात गरेका छन् । नेपालले १७ ओभरमा नै १०८ रन पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


१०८ रन बनाउने क्रममा दीलिपले ५७ बलको सामना गरी ५० रन पूरा गरे भने ज्ञानेन्द्र मल्ल ४५ रन बनाए ।

यससंगै ज्ञानेन्द्र मल्ले पनि अर्धशतक पूरा गरेका छन् । उनले ५३ बलमा ५० रन बनाएका हुन् ।  ताजा अवस्थामा नेपालले २१ ओभरमा बिना विकेटको क्षतीमा १२७ रन बनाएर खेलिरहेको छ ।

दीलिप नाथ अहिले राम्रो लयमा देखिएका छन् । अभ्यास खेलमा मात्रै नभई डिभिजन टु मा पनि उनको यो लय देख्न पाइन्छ या पाईदैन ? त्यो भने हेर्न बाँकी नै छ । उनले हिजो पनि दीलिपले ६० बलमा ६१ रन बनाएका थिए ।

नेपालले हिजो सोही टोलि युएई ए लाई २५ रनले हराउँदै विजय सुरुवात गरेको थियो ।