काठमाडौँ – काठमाडौँमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार घरेलु टोली नेपालमाथि २ रनको रोमाञ्चक जित निकालेको नेदरल्याण्डले बिहीबार नामिबियालाई ५९ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले धुँवादार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र ५ विकेटको क्षतिमा २४७ रनको विशाल स्कोर खडा गर्योे । जुन त्रिवि क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको सर्वाधिक स्कोर हो । यसअघि नेपालले सन् २०२१ मा नेदरल्याण्डविरुद्ध २० ओभरमा २३८ रन हानेको थियो ।


ADVERTISEMENT

# # #


नेदरल्याण्डले दिएको २४८ रनको चुनौती पच्छ्याउँदै मैदान प्रवेश गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन मात्रै बनाउन सक्यो । नेदरल्याण्डका लागि जेन ग्रिनले नटआउट ४२ र जान फ्राइलिंकले ४२ रन बनाए । यस्तै जेपी कोट्जेले २६ रन बनाउँदा जेजे स्मिथ र रुबेन ट्रम्पलमेनले समान १९–१९ जोडे ।

बलिङतर्फ नेदरल्याण्डका टिम भान देर गग्टेनले सर्वाधिक २ विकेट लिए भने भिभियन किग्मा, फ्रेड क्लासेन, आर्यान दत्त, साइब्रान्ड इंगलब्रेक्ट र रोयल्फ भान देर मर्भीले समान १–१ विकेट हात पारे ।

यसाअघि नेदरल्याण्डलाई विशाल योगफलतर्फ डोर्याउने क्रममा माइकल लेभिटले विष्फोटक ब्याटिङ गर्दै शतक पूरा गरे । उनले उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गरे । यस्तै साइब्रान्ड इंगलब्रेक्टले ४० बलमा ७ चौका र ५ छक्का ठोक्दै ७० रन बनाए । यस्तै तेजा निदामनुरुले १८ रनको योगदान गरे । बलिङतर्फ नामिबियाका लागि रुबेन ट्रम्पलमेनले सर्वाधिक २ विकेट लिए भने बेन सिकांगो र जान फ्राइलिंकले समान १–१ विकेट हात पारे ।

आजको खेलमा नेदरल्याण्डले २० वटा चौका र १८ छक्का प्रहार गर्यो भने नामिबियाले १३ वटा चौका र १२ वटा छक्का हानेको थियो । पहिलो खेलमा नेपाललाई २० रनले हराएको नामिबियाले तेस्रो खेल भोलि नेपालसँग खेल्दैछ । तीन मध्ये उत्कृष्ट २ टोलीले फाइनल खेल्नेछन् ।