काठमाण्डौ– के एल दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रा लि ले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले माघ १० गते बुधबार एक कार्यक्रम आयोजना गरि धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । साथै सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद रु. एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार हो र राजधानीको नजिक भएतापनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको तथ्य हेल्थपोष्ट इन्चार्ज डा शिवहरि भट्टले जानकारी गराए । युनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको डा. भट्ट तथा स्थानियबासिको भनाई रहेको छ । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आङ्खना ग्राहकहरु प्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ । समाजमा रहेर उद्योग संचालन गरेपछि यहि समाजको हितको निमित्त कार्य गर्नु कुनै पनि संस्थाको उत्तरदायित्व हो, भन्ने सोचका साथ ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुङ्गा खानी र धादिङको नौबिसेमा ङ्खयाक्ट्री रहेको यस युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।