हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत जुन प्रकारको आयो । त्यसले कांग्रेसमा बहसको विषय बनाएको छ । नेतृत्व परिवर्तनका कुरा उठेका छन् । तर यसमा म नेतृत्वको मात्रै कमी देख्दिन । सबैले आ-आफ्नो हैसियत अनुसारको दायित्वबोध गर्नैपर्छ ।


ADVERTISEMENT


विपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली कांग्रेसले अनुशरण गर्दै विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व पनि गर्यो । नेपालमा अहिलेसम्म जेजती परिवर्तन भएका छन् । ती सबैमा नेपाली कांग्रेसले नेतृत्व गरेको छ । तर आज यो समयमा कांग्रेस कमजोर देखिएको छ । यो अवस्थालाई सुधार गर्नका लागि नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन । यो अवस्थाको समीक्षा, बहस हुनैपर्छ । तर चिरा परेर होइन सहमतीको आधारमा गर्नुपर्छ । जसले नेपाली कांग्रेसलाई बलियो बनाउँछ ।


ADVERTISEMENT

# # #


कुनैपनि कुरा सहमतीको आधारमा अगाडि बढ्यो भने समस्याको समाधान हुन्छ । वर्तमान परिस्थितिको सम्बोधनका लागि पनि सहमती आवश्यक छ । नेपाली कांग्रेस प्रतिपक्षमा बस्छ । यो कुनै नौलो कुरा पनि होइन । लोकतान्त्रिक परिपार्टीमा जनताले प्रतिपक्षमा बस्नका लागि मत दिएका छन् । जनताको सरोकारको विषय नै नेपाली कांग्रेसको सरोकारको विषय हो । जन सरोकारका विषयलाई हामी सदनदेखि सडकसम्म पुर्याउनका लागि सशक्त भूमिका खेल्नुपर्छ ।

समृद्धिको लागि ४६ सालको आन्दोलनपछि ४७ देखि ५१ सालसम्म यो देश समृद्धिको बाटोमा गइराखेको थियो । जब ५१ सालमा माओवादीको जनयुद्ध सुरु भयो । देश त्यसैमा फस्यो । अब राष्ट्रसंग खेलबाड गर्नु हुँदैन । समृद्धि नेपाली जनताको लागि, नेपालको लागि अविश्वशनिय कुरा होइन । तर त्यसका लागि इच्छाशक्तिको जरुरत पर्दछ । राष्ट्रसंग अब खेलबाड गर्नु हुँदैन । नेपाली कांग्रेसले प्रतिपक्षमा बस्दा एउटा जवाफदेही प्रतिपक्षीको भूमिका निर्वाह गर्नु जरुरी छ । ताकि सरकारले समृद्धिको रेखा कोर्नका लागि काम गरोस । प्रतिपक्षीले देखाएको बाटोमा सरकार हिंड्न सकोस् ।

-हिमालय पोष्टसंगको कुराकानीमा आधारित