काठमाडौँ – विभिन्न माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले सिट्ठी जुलुस निकालेका छन् ।


ADVERTISEMENT


मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिको अगुवाईमा उनीहरुले भृकुटीमण्डपदेखि विभिन्न स्थान हुँदै बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका हुन् ।


ADVERTISEMENT

# # #


सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित उनीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

न्याय मार्च गर्दै काठमाडौ आएका मिटरब्याज पीडित र सरकारबीच दुईपटक वार्ता भएपछि निष्कर्षमा भने पुग्न सकेको छैन ।