काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन् ।


ADVERTISEMENT


कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको र पाँच वर्ष चल्ने बताउँदै बीचमा नै तोडिने होकी भन्ने आशंका नगर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै यसमा सवै दलहरु गम्भीर रहेको उनको भनाइ छ । खड्काले वर्तमान गठबन्धनले सत्ताभन्दा पनि संविधानको रक्षा र मुलुकको समृद्धिका लागि केन्द्रीत रहेको जनाए ।

भौतिक दृष्टिकोणका कारण कर्णाली प्रदेश पछि परेको भनिए पनि प्राकृतिक स्रोतका हिसावले मुलुककै गौरवयुक्त प्रदेश रहेको उनको भनाई छ ।