काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ आकर्षक योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैँकले ७ वर्षको लागि स्थिर रहने गरी ९.९९ प्रतिशत मा घर कर्जा योजना सार्वजनिक गरको छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढीको प्रिमियम दर लागू हुने बैँकले जनाएको छ । बैँकका अनुसार कर्जा रकमको ०.५० ५ व्यवस्थापन शुल्क लाग्नेछ ।


ADVERTISEMENT

# # #


घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।