काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् । उनले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरी कुरा राख्ने समझदारी बनेको र यस बिषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरे । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभइ समझदारी बनेपनि अहिले परिस्थीति फरक रहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन् । त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको विषयमा गठबन्धनले नै टुङ्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताए । निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै बर्ष गठबन्धन चल्ने उनले बताए । राष्ट्रियसभा अध्यक्षको दावीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

उनले गठबन्धनभित्र केही समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे ।