धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

बर्खास्तपछि प्रदेश प्रमुख देवराज जोशीले सो मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहलाइ तोकेका छन् ।