मोरङ – मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया सन्जना भन्ने ज्ञानमती थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


घटना भएको ४ घण्टामा नै बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका अभियुक्त धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना भईसकेपछि तालिम प्राप्त कुकुरको सहयोगमा विशेष अनुसन्धान टोलीले चौधरीलाई भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्र्कीले जानकारी दिए । चौधरीले ज्ञानमति संग डेढ वर्षदेखि प्रेम सम्बन्ध राखेको र एक पटक घरबाट समेत भगाएको खुलेको प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।


ADVERTISEMENT

# # #


किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने भएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । विवाहित चौधरीकी श्रीमति बैदेशिक रोजगरमा छिन् भने उनका १४ बर्षका छोरा समेत रहेको प्रहरीले बताएको छ । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमाफर्त किशोरीसँग चिनजान र नजिकिएको खुलेको छ ।

उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । खोटाङको ऐँसेलु खर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षिया ज्ञानमती थुलुङ राईको सोमबार राती निर्मम तरिकाले धारिलो हत्यार प्रयोग गरेर हत्या गरिएको थियो । हत्या गरी पक्राउ परेका चौधरी विरुद्ध ज्यान मुद्दा चलाइने मोरङ प्रहरीले बताएको छ ।