काठमाडौँ – महालक्ष्मी विकास बैंकले आलय प्रा.लि. र रायन इनजी प्रा.लि. को सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ ।


ADVERTISEMENT


यसअन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खदिको लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रा. लि. ले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ ।


ADVERTISEMENT

# # #


यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशील साझेदारीको रुपमा रहने बैँकले जनाएको छ । महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने सम्झौताको प्रमुख लक्ष्य रहेको बैँकको भनाई छ । बैँकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपूर्ण उदाहरणको रुपमा रहनेछ ।

“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।