काठमाडौँ – हङकङमा जारी टी–२० अन्र्ताष्ट्रय क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्ने भएका छन् । मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई हराएसँगै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् । फाइनल खेल नेपाली समय अनुसार भोलि दिउँसो ११ ४५ बजे हुनेछ ।


ADVERTISEMENT


पहिलो खेलमा नेपालले पीएनजीलाई ८६ रनले हराएको थियो । एकैदिन दुईवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको पीएनजीले दोस्रो खेलमा आयोजक टोली हङकङलाई १० विकेटले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT

# # #


हङकङको मोङककस्थित मिसन रोड मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले १२.४ ओभरमा विना विकेटको क्षतिमा आरामदायी जित हात पारेको हो ।

पीएनजीलाई ठूलो जित दिलाउने क्रममा ओपनरद्वय टोली उरा र सेसे बाउले सानदार ब्याटिङ गरे । उनीहरुले नटआउट १२१ रनको साझेदारी गर्ने क्रममा सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्काको मदतमा नटआउट ६२ रन बनाए भने टोनी उराले ३५ बलमा ५ चौका र २ छक्काको मदतमा ५१ रनको योगदान दिए ।

यसअघि हङकङका लागि ब्याटिङतर्फ जिशन अलीले सर्वाधिक ५५ रनको योगदान दिए । उनले २९ बलमा १ चौका र ६ छक्का ठोके । यस्तै नस्रुल्लाह राना र इशान खानले समान १६–१६ तथा बाबर हायातले १२ रन जोड्नुबाहेक अन्यले दाहोरो अंक छुन सकेनन् ।

पीएनजीका काबुय मोरिय, अलेई नाओ, असद भाला र सेसे बाउले समान २–२ विकेट लिए ।

यसअघि आजै भएको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । १९९ रनको चुनौती पच्छ्उँदै मैदान प्रवेश गरेको पीएनजी १६.१ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो । उसका लासग हिरीहिरीले सर्वाधक २८ तथा सेसे बाउले २१ र टोनी उराले १२ रन जोडेका थिए ।

पीएनजीलाई सस्तैमा समेट्नेक्रममा नेपालका कुशल भुर्तेलले सर्वाधक ४ विकेट लिए उनले ४ ओभरमा १२ रन मात्रै खर्चिए । यस्तै प्रतिश जिसीले २ तथा आकाश चन्द र गुल्शन झाले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ नेपालका कुशल भुर्तेलले सर्वाधिक ५९ रन हाने । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्काको ठोक्दै ५६ रन बनाए । विवेक यादवले ४ बलमा ३ छक्का प्रहार गर्दै १९ रनमा नटआउट रहे भने गुल्शन झाले १२ बलमा १५ रन जोडे ।

पीएनजीका असद भालाले २ तथा नोसैना पोकना, जोन कारिको र नर्मन भानुवाले समान १–१ विकेट लिए । पहिलो खेल वर्षाले अवरुद्ध भएपछि नेपालले हङकङसँग १–१ अंक बाँडेको थियो ।