काठमाडौं – स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले महायज्ञ मार्फत राहत संकलन गर्न लागिएको हो ।


ADVERTISEMENT


पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्धारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए ।


ADVERTISEMENT

# # #


महायज्ञबाट उठेको रकमबाट विपन्न बर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।