काठमाडौँ– महालक्ष्मी विकास बैंकले श्रीपूर विरगंजस्थित श्री कादमबरी एकेडेमीका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । बैंकले कक्षा १० मा अध्ययनरत छात्र जीवन राजवंशीलाई स्वर्गीय श्री हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको हो ।


ADVERTISEMENT


एक समारोहबीच छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई ५० हजार बराबरको हस्तान्तरण गरे । अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै बैंकका रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको जनाए । यसैगरि, पारिकले भने विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरीय शिक्षामा टेवा पु¥याउने बताउँदैै बैंको सहयोग प्रती आधार व्यक्त गरे ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।