काठमाडौँ– काठमाडौंको वसन्तपुर अगाडि विधिवत रुपमा चिर ठड्याएसँगै होली अर्थात फागु पर्व शुुरु भएको छ ।


ADVERTISEMENT


फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । बसन्तपुरमा आइतबार रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो ।


ADVERTISEMENT

# # #


चीर ठड्याईसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक बर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा –टुक्रा सहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चिर ठड्याउने गरिएको र त्यसपछि विधिवत रुपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरुको भनाइ छ ।

चन्द्र मास अन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु¥याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।

हेर्नुहोस् तस्बिरमा