काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदमा कांग्रेसले गरेको बिरोध सत्ता छाड्दाको छट्पटाहटमात्रै भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै बर्तौलाले सरकार छाड्नुपर्दाको पिडा कांग्रेसले संसदमा देखाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


पुनगर्ठित सरकारलाई केहि समय काम गर्न दिनुपर्ने बताए । त्यस्तै बर्तौलाले सुन तस्करी छानविन प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुनुपर्ने र प्रतिवेदनले उजागर गरेका विषय सार्वजनिक गर्नुपर्ने उनको धारणा छ ।

सरकारले प्रतिवेदनलाई पूर्ण रुपमा कारवाही गर्ने निर्णय नै गरिसकेको अवस्थामा कोहि पनि दोषी उम्कने गुञ्जायस नरहेको उनले बताए ।

प्रतिवेदनको पूर्ण कार्यान्वयन नभएसम्म सरकारलाई झक्झकाउने काम एमालेले गर्ने उनको भनाई छ ।