बनेपा – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


आइतबार एक कार्यक्रमकाबीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडकातर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


सम्झौतापत्र अनुसार शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत शेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौँ मार्फत आजदेखि नै प्रारम्भ भएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।