काठमाडौँ– माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।


ADVERTISEMENT


६० किलो सुन तस्करीमा संलग्न देखिएका महरा रुपन्देहीबाट पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई  भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याउन लागिएको  प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।