विराटनगर– झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ परेको छ ।


ADVERTISEMENT


आइतबार बेलुका ६ बजे झापाको दमक नगरपालिका– ८ स्थित विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षिय शेखर परियार र २१ वर्षिय रोहित साहलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


शंकास्पद अवस्थामा देखिएका उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै हिजो दिउँसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ वर्षिय मनिष चौधरीलाई कन्काई नगरपालिका– ८ बाट पक्राउ गरेको हो ।

सोहि दिन नै सवा ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० वर्षिय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र– २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला परेको थियो ।

पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।