काठमाडौँ– आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न रुस तयार रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताए र त्यसमा रुसले पनि सैद्वान्तिक सहमति जनाएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ’, उनले भने । यद्यपि यस सम्बन्धमा आवश्य मोडालिटी तय हुन बाँकी रहेको बताउँदै उनले थपे, ‘यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको छ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी भएकालाई नेपाल फर्काउन पनि मन्त्रालयले उच्च प्राथमिकता दिइरहेको जनाए । यस सन्दर्भमा आफ्नो नीतिलाई स्पष्ट पार्दै नेपालीलाई त्यसबाट मुक्त गर्न र अन्य आवश्यक विषयमा पनि पहल कदमी लिँदै अगाडि बढिरहेको उनले सुनाए । यस्तै रूस सरकारले त्यहाँ मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया पनि प्रारम्भ गरेको उनले जनाए ।

राष्ट्रिय हित तथा परराष्ट्र सम्बन्धका विषयमा गम्भीरता र संयमता अपनाउन आग्रह गर्दै कूटनीतिक आचारसंहितालाई प्रभावकारीरुपमा लागू गर्ने श्रेष्ठको भर्नाइ छ ।