काठमाडौँ– गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघं) का कार्यकर्ता पक्राउ परेका छन् ।


ADVERTISEMENT


मंगलबार गृहमन्त्री लामिछानेको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पिडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगाएत लेखिएका पोष्टर टासेका थिए ।

पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पिडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ ।