काठमाडौँ – खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद विकासका लागि बजेट पनि अपर्याप्त रहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT


नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले योजनाअनुरूप खेल नेपाली खेलकुद विकास नसकेको बजेट पनि अप्रयाप्त रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपाली खेलकुद एकै पटक यस्तो अवस्था नआएको उल्लेख गर्दै चरणवद्ध रूपमा खस्कदै गएको धारणा राखे । सम्भावना भएका क्रिकेट, खेलकुद, मार्सल आर्टमा बढी ध्यान दिने र अन्य सम्भावनायुक्त खेललाई पनि प्राथमिकताका साथ राखेर बिकासका काम गर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले खेलकुद संघको निर्वाचनमा राजनीतिकरण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उल्लेख गरे । उनले खेललाई वर्गीकरण गर्नुपर्ने बताए । उनले अबको नीति तथा कार्यक्रम र बजेटमा खेल क्षेत्रलाई प्राथमिकतामा राखिने धारणा राखे ।