काठमाडौँ – राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा आफूलाई स्ट्राइकर नसम्झिन चेतावनी दिएका छन् । बुधवारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै बस्नेतले


ADVERTISEMENT


देशलाई देश र जनतालाई फुटबल सम्झिएका प्रधानमन्त्रीले आफूलाई स्ट्राइकरर सम्झिए दुर्घटनामा पर्ने जिकिर गरेका हुन् । उनले भने, ‘गोल हान्न खोज्दा कहिलेकाही खुट्टा उचाल्नेक्रममा सन्तुलन नमिल्दा पैताला चिप्लियर कम्मर भाँच्चिने जोखिम पनि उत्तिकै हुन्छ, सजक रहनुहोला ।’ आफू रहेसम्म उथलपुथल भइराख्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा भाई नारायण दाहाललाई निर्वाचित गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्रीले आफन्तका लागि उहाँले जुन हदसम्म मेहनत गर्नुभएको छ, यही सिको अन्य दलका शीर्ष नेताले समेत गर्ने हो भने देश कहाँ पुग्ला र जनताले कसलाई विश्वास गर्ला भन्ने यक्ष प्रश्न खडा भएको छ ।’ यसको जवाफ नवनिर्वाचित अध्यक्ष कामबाट दिने अपेक्षा उनले गरे ।

साथै उनले प्रधानमन्त्रीले अर्थमन्त्रीले आफूलाई सहयोग नगरेको आरोप लगाउनुले प्रधानमन्त्री आफै भ्रममा परेको रहेको बताए । नेपाली काँग्रेसका अर्थमन्त्रीको पालामा भएको आर्थिक सूचांकहरु हेर्दा अर्थमन्त्रीलाई वित्थामा आरोप लगाएछु भनेर प्रधानमन्त्रीलाई लाज लाग्ने उनले जिकिर गरे ।

सदस्य बस्नेतले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको विनियोजन विधेयकभित्र रही बजेट ल्याएमा आर्थिक संकट समाधान हुने र आर्थिक सन्तुलन र स्थिरतासहित अर्थतन्त्र लयमा आउने जिकिर गरे ।

साथै उनले उपप्रधान एवम् गृहमन्त्री रवी लामिछानेले संसदमा बोल्न पाए ९ मिनेटमा काँग्रेसलाई पाठ सिकाउने अभिव्यक्तिको समेत जवाफ दिए । उनले भने, ‘उहाँले के पाठ सिकाउनुहुन्छ ? दुईवटा नागरिकता वा पासपोर्ट अपचलनको पाठ सिकाउनुहुन्छ ? सहकारी ठगी गर्ने पाठ सिकाउनुहुन्छ वा आफ्नो गैरजिम्मेवारीले पत्रकार मर्दा आवाज उठाउन नसक्ने पाठ सिकाउनुहुन्छ कि उहाँ जुनमा काम गर्नुहुन्छ त्यही ठगी गर्ने पाठ सिकाउनुहुन्छ ? के मा सिकाउनुहुन्छ, नेपाली काँग्रेस ९ मिनेट मात्रै होइन, ३० मिनेट सुन्न तयार छ ।’