काठमाडौँ – विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वीक)को अवसरमा प्रभु क्यापिटल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत ‘भिजिट मर्चेन्ट बैँक’ कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


विश्व वित्तीय सप्ताह खासगरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । यस वर्ष ‘ग्लोबल मनी वीक’को अवसरमा क्यापिटलले विभिन्न कार्यक्रमहरु गरी सञ्चालन गर्ने क्रममा बुधबार ‘भिजिट मर्चेन्ट बैँक’ कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


ग्लोबल मनी वीक – २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्काेस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई सहभागी गराउँदै उक्त कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । यस कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन् ।

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैली लाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पारेका थिए । सानै उमेर देखि आफुसंग रहेको पैसालाई एकीकृत गरी पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । यस संगै क्यापिटलका विभिन्न विभागहरुमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस विश्व वित्तीय सप्ताह को अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु गरी संचालन गर्ने योजना रहेको छ ।