काठमाडौं-सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा बिद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।


ADVERTISEMENT


सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन् ।


ADVERTISEMENT

# # #


स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिकाको मस्यौदामा १२ बर्षभन्दा मुनिकाको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

१२ बर्ष मुनिकाको हकमा भने बसको सिट क्षमताभन्दा एक दशमलव ५ गुणा विद्यार्थी राख्न सकिने व्यवस्था छ । कम उमेरका बालबालिकालाई एउटै सिटमा दुईजनासमेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो ।