काठमाडौं-सरकारले प्रदेशहरूका लागि ३ अर्ब २९ करोड रुपैयाँ बजेट निकासा गरेको छ । ४७ करोड रुपैयाँका दरले प्रदेशका सबै संरचनाले खर्च गर्न पाउने गरी सरकारले बजेट निकासा गरेको हो ।


ADVERTISEMENT


प्रदेशसभा, प्रदेशका ७ वटा मन्त्रालय र प्रदेश प्रमुखको सचिवालयलाई खर्च गर्नका लागि ४७ करोड रुपैयाँका दरले अर्थ मन्त्रालयले बिहीबार बजेट निकासा गरेको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयको बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीका अनुसार प्रदेशसभाका लागि १० करोड रुपैयाँका दरले बजेट निकासा दिइएको छ ।

प्रतिमन्त्रालय ५ करोडका दरले ३५ करोड रुपैयाँ निकासा दिइएको छ । प्रदेश प्रमुखको सचिवालयका लागि भने २ करोडका दरले निकासा दिइएको हो ।

प्रदेश सभा–१० करोड
प्रतिप्रदेश मन्त्रालय ५ करोड–३५ करोड
प्रदेश प्रमुखको सचिवालय–२ करोड
प्रतिप्रदेश जम्मा रकम–४७ करोड
७ प्रदेशलाई कुल निकासा–३ अर्ब २९ करोड

  • आजको कान्तिपुरबाट