काठमाडौँ– नेपाली कांग्रेसको बागमति  प्रदेश विभाग गठन भएको छ ।


ADVERTISEMENT


शुक्रवार कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा १३ (१०) (झ) बमोजिम प्रदेश विभाग तोकेका हुन् ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत सूचना, सञ्चार तथा प्रचारप्रसार विभागमा प्रदिप कोइराला–मकवानपुर, शुभेच्छुक संस्था समन्यन विभागमा उज्जवलराम घिमिरे–रामेछाप, अभिलेख, अनुगमन तथा मुल्यांकन विभागमा सुमन कार्की–भक्तपुर, जल ऊर्जा तथा प्राकृतिक स्रोत विभागमा गिता सिंखडा–काठमाडौँ र शान्ति सुरक्षा तथा प्रशासन विभागमा रामेश्वर सिंह ओली–चितवन रहेका छन् ।

यसैगरि, द्धन्द्व व्यवस्थापक विभागमा राजेश महर्जन– ललितपुर, अन्य पार्टी सम्पर्कमा धर्मराज अर्याल–काठमाडौँ, भौतिक पुर्वाधार निर्माण तथा यातायात विभागमा विक्रम लामा– काभ्रेपलाञ्चोक र कृषि तथा भुमि सुधारका विभागको जिम्मेवारीमा कुमार दुलाल–सिन्धुपाल्चोक रहेका छन् ।