काठमाडौँ – एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२४’को अवसरमा लुम्विनी प्रदेश अन्तर्गत तानसेनको त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको क्यापिटलले सोही कार्यलाई निरन्तरता दिने क्रममा शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा जानकारी गराए । कार्यक्रममा समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा समेत विस्तृतमा छलफल गरिएको थियो ।

कमाएको पैसा कसरी बचत गर्नेर बचत गरेको रकमबाट कसरी सरल रुपमा मुद्रा बजार उपकरणहरु तथा पूँजी बजारमा सुरक्षित रुपमा कसरी कारोवार गर्न सकिन्छ भन्ने विषयमा धितोपत्र बोर्डको प्रतिनिधी, एन आई सी एशिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभगीहरु बीच छलफल तथा अन्तरकृया गरिएको थियो ।

उक्त कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरुको समेत सहभागिता रहेको थियो ।