काठमाडौँ – आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लव र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।


ADVERTISEMENT


शुक्रबार भएको सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लव र टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल शनिबार हुने छ ।


ADVERTISEMENT

# # #


शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आर्मीले पुलिसलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गरेको हो । आर्मी १८–२५, २५–२३,२४–२६,२५–१३, १५–१३ ले विजयी भएको हो ।

त्यस्तै टिप टप हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगीताको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।