काठमाडौं-लुईस सुवारेजको महत्वपूर्ण गोलमा बार्सिलोनाले स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा भ्यालेन्सियामाथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा ला लिगा लिडर बार्सिलोनालाई जिताउन लुइस स्वारेजले निर्णायक गोल गरे ।


ADVERTISEMENT


पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६७ औं मिनेटमा मेसीको पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई जिताए ।


ADVERTISEMENT

# # #


स्वारेजले यो सिजन बार्सिलोनाबाट अहिलेसम्म १९ गोल गरिसकेका छन् ।

लगातार चौथो सिजन स्पेनिस कप प्रतियोगिताको उपाधि जित्ने होडमा रहेको बार्सिलोनाको भ्यालेन्सियामाथि पहिलो लेगको जितसँगै उपाधि यात्रा केही बलियो बनेको छ ।

दोस्रो लेग फेब्रुअरी ८ मा भ्यालेन्सियाको मैदानमा हुनेछ ।