काठमाडौँ – छैठौं संस्करणको बीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।


ADVERTISEMENT


वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा पुरुषतर्फ ५१ केजी, ५७ केजी, ६३ केजी, ७१ केजी, ८० केजी, ९२ केजी र ९२ केजी तौल स्पर्धामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ५० केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६६ केजी र ७५ केजी गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।


ADVERTISEMENT

# # #


यस पटक १३ वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे । सो क्रममा नेता सिंहले नेपालको खेल क्षेत्रको बिकासका लागि राज्यको तत्परता देखाउनुपर्ने बताए ।

प्रतियोगितामा तौल समूहमा पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा तीन विभाग सहित ७ प्रदेशका करिब १ सय ५० जना खेलाडीको सहभागीता रहेको छ ।