काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा समायोजन गरिने बताएका छन् ।


ADVERTISEMENT


मङ्गलबार काठमाडौँमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको ५१ अ‍ौँ वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा मन्त्री तामाङले दुई संस्थालाई समायोजन गर्न गठित कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहको बताएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले नाथमलाई गठन आदेशको भरमा नभई ऐनका आधारमा सञ्चालन गर्नुपर्ने भन्दै ऐन बनाएर संसदबाट अनुमोदन गर्न पहल गर्ने बताए । संस्थालाई अघि बढाउन खडा भएका कानूनी अवरोधहरुलाई हटाउदै जाने उनको भनाइ छ । मन्त्री तामाङले विश्वविद्यालयबाट सन्तोषजनक रुपमा जनशक्ति उत्पादन गर्न नसकिरहेको अवस्थामा युवाहरुलाई सिपयुक्त बनाउने नाथमको कामलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्रका साथै सम्मान गरिएको थियो ।