काठमाडौँ– नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सहकारी प्रकरणको अनुसन्धानलाई पदबाहिर बसेर सहयोग गर्न गृहमन्त्रीलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था समिति बैठकमा उहाले सहकारी प्रकरणको निष्पक्ष र विश्वसनिय रुपमा अनुसन्धान गर्नका लागि पदबाहिर बसेर सहयोग गर्न गृहमन्त्रीलाइ सुझाव दिएका हुन् । उनले सहकारी प्रकरणमा मुछिएका आरोपीहरू अझै पक्राउ गर्न नसक्नुको कारण जान्न पाउनुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


सुन तस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक भए अनुसन्धानमा भइरहेका विषयलाई बुझ्न सजिलो हुने उनले बताए । त्यस्तै उनले बाँसबारी छालाजुत्ता प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई लिएको बयानको प्रक्रियाप्रति पनि आपत्ती जनाएका छन् ।

यसैगरि बैठकमा बोल्दै एमाले सांसद पृथ्वी सुब्बा गुरुङले अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर बैठकको एजेण्डा बनाइएको भन्दै सोप्रति आपत्ति जनाए । सहकारी प्रकरणमा जीबी राईलाई समात्न नसकिएको भन्दै उनले सोको कारणबारे जानकारी समेत माग गरे ।

त्यस्तै एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईलाई अत्याधुनिक हतियार दिने काम स्वभाविक नभएको भन्दै हतियार राख्न दिने नीतिलाई नै परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाले देशभरमा कतिलाई हतियार दिएको छ र त्यसले समाजमा पारेको असरलाई पनि प्रशासनले ध्यान दिनुपर्ने जिकिर गरे ।

त्यस्तै अन्य सदस्यहरुले देशको सुरक्षा अवस्था, सुरक्षा नीति, विभिन्न प्रकरणको अनुसन्धान लगाएतका बिषयमा प्रश्न गरेका थिए ।