काठमाडौं-प्रदेशसभा सांसद लगनलाल चौधरी प्रदेश २ का जेष्ठ सदस्य हुन् । प्रदेशसभाले नयाँ सभामुख चयन नगरेसम्म प्रदेशसभा चलाउने जिम्मेवारी चौधरीले पाएका छन् ।


ADVERTISEMENT


प्रदेशसभाको पहिलो बैठक २१ गते बोलाइएको छ । लहानमा बस्ने चौधरीलाई बैठक स्थल जनकपुरसम्म आवतजावत गर्न अप्ठ्यारो नहोस् भनेर सरकारले गाडी सुविधा उपलब्ध गराएको छ ।


ADVERTISEMENT

# # #


उनलाई जिल्ला वन कार्यालय सिरहाको गाडी दिइएको थियो । सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले भने, ‘प्रदेशको सभामुख चयन नभएसम्मका लागि उनलाई यो सुविधा उपलब्ध गराइएको हो ।’

तर, चौधरीले भने गाडी पुरानो भएको भन्दै फिर्ता गरेका छन् ।