झापा– झापाको शिवसताक्षी नगरपालिका-११ स्थितमा हात्तीले कुल्चेर एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा ६० वर्षीया पवित्रा भेटवाल रहेका छन् । हात्ती आक्रमणमै परेर उनका ६२ वर्षीय श्रीमान् दिलिप भेटवाल पनि घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार बुधवार रतुवामाई वृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पवित्रा र दिलिपलाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचाररत छन् ।