काठमाडौँ – कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन–७ आगामी वैशाख २३ गतेदेखि २८ गतेसम्म आयोजना हुने भएको छ


ADVERTISEMENT


आयोजक एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी भइरहेको जानकारी गराएको हो । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने र कुल २४ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् त्यस्तै प्लेयर अफ दी टुर्नामेन्ट, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट फिल्डर र वेस्ट विकेटकिपरका साथै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।