काठमाडौँ – लुम्बिनी इन्टरनेशनल पिस फेस्टीबल आगामी चैत्र २३ र २४ गते लुम्बिनीमा हुने भएको छ ।


ADVERTISEMENT


नेपाल ओलम्पिक कमिटी, चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी विकास कोषको आयोजनामा हुने महोत्सवका क्रममा चैत्र २३ गते ध्यान शिविर र चैत्र २४ गते दौडका प्रतियोगिताहरु हुने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


ADVERTISEMENT

# # #


अप्रिल ६ का दिन हरेक वर्ष विश्वभर मनाइने ‘दि इन्टरनेशनल डे–अफ स्पोर्टस् फर डेभलप्मेन्ट एण्ड पिस’ का अवसरमा नेपाल ओलम्पिक कमिटीले लुम्बिनी पिस म्याराथन आयोजना हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । सो क्रममा लुम्बिनी इन्टरनेशनल पिस म्याराथन, हाफ म्याराथन, ५ किमि दौड र ३ किमि वाकाथन समेत आयोजना गर्ने भएको उनले बताए ।

लुम्विनीमा पिस म्याराथन आयोजना गरेर धेरै भन्दा धेरै पर्यटन आउन वातावरण बनाउदै शान्तिको समेत सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको श्रेष्ठले जानकारी दिए ।