काठमाडौँ– नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य दुई पक्षीय सन्धि सम्झौताको पुनरवलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठक आज काठमाडौँमा सुरु भएको छ । ।


ADVERTISEMENT


बैठकमा शान्ति तथा मैत्री सन्धिका सबै धारामा बृहत् छलफल हुने बताइएको छ । साथै बैठकमा पारस्परिक सम्बन्धका सम्पूर्ण विषयमा छलफल हुने बैठकमा सहभागी एक प्रबुद्धले बताए ।


ADVERTISEMENT

# # #


बैठकमा नेपालका संयोजक पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले नेतृत्व गरेका छन् ।