काठमाडौँ – काठमाडौँमा जारी द्विपक्षीय टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ टोलीले आयल्याण्ड ‘ए’लाई २१४ रनको चुनौती दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो ।


ADVERTISEMENT


नेपाल ‘ए’का लागि आरिफ शेखले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ७ चौका र ६ छक्काको मदतमा नटआउट ९३ रनको योगदान गरे ।


ADVERTISEMENT

# # #


यस्तै रासिद खानले २४ रन बनाए भने कमलसिंह ऐरी नटआउट १९, बासिर अहमद १९ र पवन सर्राफ १३ रनमा आउट भए । कप्तान विनोद भण्डारीले ११ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’का फियोन ह्याण्डले २ तथा लियाम म्याकार्थी, म्याथ्यू फोस्टर, ग्रेथ डिलानी र ग्याभिन होयले समान १–१ विकेट हात पारे । यसअघिका दुबै खेलमा हारेर सिरिज गुमाइसकेको नेपाल ‘ए’ अन्तिम खेलमा जित निकाल्दै सकारात्मक अन्त्य गर्न चाहन्छ । यता आयरलयाण्ड ‘ए’ भने सिरिज ‘क्लीन स्वीप’ गर्ने दाउमा रहेको छ ।