काठमाडौँ – काठमाडौँमा जारी द्विपक्षीय टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ टोलीले आयल्याण्ड ‘ए’ विरुद्ध जित निकालेको छ । नेपाल ‘ए’ले आयल्याण्ड ‘एलाई ३ रनले हराएको हो । अन्तिम खेलमा हारे पनि आयरल्याण्ड ‘ए’ले सिरिज २–१ ले जितेको छ ।


ADVERTISEMENT


सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो । जवाफी ब्याटिङ गरेको आयल्याण्ड ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गसमाउँदै २१० रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


आयरल्याण्ड ‘ए’का लागि मोर्गान टोपिङ र ग्रेथ डेलानीले पाँचौँ विकेटका लागि ६२ बलमा १२९ रनको विष्फोटक साझेदारी गरेपछि आयरल्याण्ड ‘ए’ले जित निकाल्न असफल भएको हो । आयरल्याण्ड ‘ए’ का लागि मोर्गान टोपिङ र ग्रेथ डेलानीले पाँचौँ विकेटका लागि ६२ बलमा १२९ रनको विष्फोटक साझेदारी गरेपछि आयरल्याण्ड ‘ए’ले जित निकाल्न असफल भएको हो । त्यसक्रममा डेलानीले ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन बनाउँदा टोपिङले ३७ बलमा ४ चौका र ४ छक्काको मदतमा ६० रन जोडे ।

यस्तै रस अडायरले १४ बलमा ५ चौका र १ छक्काको मदतमा ३१ रन बनाउँदा फियोन ह्याण्डले ७ बलमा १ चौका र २ छक्काको प्रहार गर्दै २२ रन जोडे । अन्यले दोहारो अंक बनाउन सकेनन् । यस्तै बलिङतर्फ नेपालका विपीन खत्रीले ३ विकेट लिए । उनले ४ ओभरमा १ ओभर मेडेन फाल्दै २३ रन खर्चिए । यस्तै कमलसिंह ऐरी, नारायण जोशी र राशिद खानले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ नेपाल ‘ए’का लागि आरिफ शेखले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ७ चौका र ६ छक्काको मदतमा नटआउट ९३ रनको योगदान गरे ।

यस्तै रासिद खानले २४ रन बनाए भने कमलसिंह ऐरी नटआउट १९, बासिर अहमद १९ र पवन सर्राफ १३ रनमा आउट भए । कप्तान विनोद भण्डारीले ११ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’का फियोन ह्याण्डले २ तथा लियाम म्याकार्थी, म्याथ्यू फोस्टर, ग्रेथ डिलानी र ग्याभिन होयले समान १–१ विकेट हात पारे । यसअघिका दुबै खेलमा हारेर सिरिज गुमाइसकेको नेपाल ‘ए’ अन्तिम खेलमा जित निकाल्दै सकारात्मकगरेको छ भने आयरल्याण्ड ‘ए’ले सिरिज २–१ ले जितेको छ ।

अब यी दुई टोलीबीच बधबारलेदेखि ५० ओभरका ३ वटा खेल हुनेछन् ।