काठमाडौँ– इलाम २ को आसन्न उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेलाई सघाउने भएको छ ।


ADVERTISEMENT


सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नै समर्थन गर्ने शीर्ष तहमा सहमति बनेपछि माओवादी उम्मेद्वार उठाउने निर्णयबाट पछि हटेको छ ।


ADVERTISEMENT

# # #


माओवादीले यहाँबाट धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएकाले सुहाङलाई सहयोग गरेर जान निर्देशन आएपछि धीरेन्द्रको उम्मेद्वारी योजना स्थगित भएको छ ।

,‘हिजोसम्म म माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिएँ, अब हाम्रो उम्मेदवार सुहाङ हो’, धीरेन्द्र भन्छन्, ‘गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं ।’ पार्टीको निर्देशनअनुसार गठबन्धनको उम्मेदवार जिताउन सबै कमिटी र कार्यकर्ता परिचालित हुने उनको भनाई छ ।

वैशाख १५ गते इलाम–२ र बझाङमा हुने उपनिर्वाचनको उम्मेदवार चयनका लागि दलहरुमा उम्मेद्वार खडा गर्ने तयारी भइरहेको छ । सरकारको प्रतिपक्षमा खडा नेपाली कांग्रेसले भने उम्मेद्वार टुंग्याएको छैन ।

रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार बनेका छन् ।