दमौली – राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन् ।


ADVERTISEMENT


तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुगेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै नगरवासीलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । विसं २०७३ सालमा शिलान्यास भई विसं २०७९ सालमा क्याम्पसको भवन निर्माण सम्पन्न भएको थियो ।

क्याम्पसमा भिमाद, घिरिङ, ऋषिङ लगायत आसपासका विद्यार्थी अध्ययनरत छन् । अधिवेशनले क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।