काठमाडौँ– प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ ।


ADVERTISEMENT


कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सक्नेछन् । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।


ADVERTISEMENT

# # #


२७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ ।

वैशाख १५ गते उपनिर्वाचनका लागि राजनितिक दलहरुले आ–आफ्नो उम्मेद्वार खडा गरिसकेका छन् । इलाम २ को आसन्न उपनिर्वाचनमा एमालेका तर्फबबाट सुवास नेम्वाङ पुत्र सुहाङ नेम्वाङ मैदानमा उत्रिदैँछन् भने नेकपा माओवादी केन्द्रले एमालेलाई सघाउने निर्णय गरेको छ ।

यस्तै, रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार बनेका छन् ।

यसैगरि नेपाली कांग्रेसबाट भने डम्बरबहादुर खड्का चुनावी मैदानमा उत्रिदैँछन् ।