काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले लगातारा नयाँ रेकर्ड राख्ने क्रम जारी छ । आइतबार फेरि तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार६ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० निर्धारण गरिएको छ ।