काठमाडौँ– वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भएको छ ।


ADVERTISEMENT


वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको जनाएको हो ।


ADVERTISEMENT

# # #


पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताए ।

विभागमा हुने कामकारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरी नितिगत सुधार गरिएको उनको धारणा छ । एक जना श्रमिकले सवै कागजात पुरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरी काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भनिएको उनले बताए ।

अब सबै कागजात अपलोड गरेको एक घण्टामा मोवाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने मन्त्री अर्यालले दाबी गरे । साथै वैदेशिक रोजगार कार्यालयलाई थप सुधार गर्न अध्ययन भइरहेको उनले जनाए ।